काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । चीनका लागि नवनियुक्त नेपाली राजदूत लिलामणि पौड्यालको ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा राष्ट्रपति सीले आफूले समय मिलाएर छिमेकी नेपाल भ्रमण गर्ने इच्छा दोहो¥याएका हुन् । ग्रेट हल अफ दि पिपुलमा ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकोमा धन्यवाद दिँदै बेल्ट एन्ड रोड इनिसियटिभ पनि दुबै देशका लागि लाभकारी हुने विश्वास दिलाएका थिए । उनले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबिचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट गरे । त्यस अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको दोहोरु¥याएका थिए ।